सर्वोत्तम सिमेन्टको नोक्सानी २ करोड नाघ्यो

Garima_Business-Loan3

काठमाडौं ।सर्वोत्तम सिमेन्ट लिमिटेड नोक्सानीमा गएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २५ लाख ८४ हजार नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षमा नाफा कमाएको कम्पनी हाल आएर नोक्सानीमा गएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १७ करोड ३८ लाख रहेको थियो ।

सिमेन्ट बिक्रीबाट हुने आम्दानी घटे सँगै कम्पनीले नोक्सानी व्यहोरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४५ करोड ५१ लाख आम्दानी गरेको छ । जुन आम्दानी गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ अर्ब ९१ करोड ७१ लाखले कम हो । गत आर्थिक वर्षमा कम्पनीले ६ अर्ब ३७ करोड २३ लाख आम्दानी गरको थियो ।

कम्पनीले खर्चमा भने सुधार गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कुल खर्च १४ करोड ८५ लाख ६८ हजार रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा ६२ करोड ५ लाख ३७ हजार रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले प्रति शेयर आम्दानी १ रुपैयाँ ९४ पैसा, प्रति शेयर नेटवर्थ १२८ रुपैयाँ ३३ पैसा, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३२२ रुपैयाँ ७३ पैसार र तरलता अनुपात १.०३ गुणा रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार