रिलायन्स स्पिनिङ मिलको नाफा पौने ४ करोडले बढ्यो

Garima_Business-Loan3

काठमाडौं । रिलायन्स स्पिनिङ मिलको नाफा उच्च मात्रामा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ६७ लाख ७९ हजार खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७२.२३ प्रतिशत अर्थात् ३ करोड ५३ लाख ९६ हजारले बढी हो गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ५ करोड ३ लाख ८३ हजार रहेको थियो ।

कम्पनीको आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानी २ अर्ब ३४ करोड ५८ लाख रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब ८६ करोडले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा ९ अर्ब २० करोड ६० लाख रहेको थियो ।

कम्पनीको चालु आर्थिक वर्षमा सञ्चालन नाफा २ अर्ब ३४ करोड रहेको छ । यो सँगै सञ्चालन नाफा समेत घटेको छ। सञ्चालन नाफा गत आर्थिक वर्षमा ५७ करोड २७ लाख रहेको थयो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रहेको छ भने अदर इक्विटी ५ अर्ब ४३ करोड २४ लाख हको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार