कालिन्चोक दर्शनको नोक्सानी घट्यो

Garima_Business-Loan3

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले आफनो नोक्सानीमा सुधार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ लाख ७० हजार नोक्सानी व्यहोरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा नोक्सनी रकम १३ लाख १७ हजारले घटाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नोक्सानी ९८ लाख ८७ हजार रहेको थियो ।

कम्पनीले वित्तीय खर्चमा सुधार गर्दै नोक्सानी घटाएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको वित्तीय खर्च २८ लाख २८ हजार रहेको छ जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा वित्तीय खर्च ३० लाख ७४ हजारले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको वित्तीय खर्च ५९ लाख २ हजार रहेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ६३ लाख रहेको छ ।

कम्पनीको जगेडा कोषमा ४४ लाख ६५ हजार रहँदा दीर्घकालीन कर्जा ६ करोड ७२ लाख ६५ हजार रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले प्रति शेयर आम्दानी १ रुपैयाँ ४३ पैसा ऋणात्मक, प्रति शेयर नेटवर्थ ९९रुपैयाँ ३२ पैसा, प्रतिशेयर कूल सम्पत्तिको मूल्य १२७ रुपैयाँ ८८ पैसा र चालु अनुपात ०.८८ गुणा रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार