टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न विज्ञ समिति गठन गरिएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

समितिमा नेपाल विद्युत् प्राधिकरणका एक जना पूर्वकर्मचारी र एक जना चार्टर्ड एकाउन्टेन्ट समेत रहेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार