सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

Garima_Business-Loan3

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कुल लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ भने १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ ।

मङ्सिर ४ गते बसेको कम्पनीकोे सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव ००५१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस आधारमा लाभांशदर गत वर्ष भन्दा यस वर्ष घटेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार