एनएमबि लघुवित्तको शेयर संरचना परिवर्तन

Garima_Business-Loan3

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । परिवर्तनपछि कम्पनीको शेयर संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत कायम भएको हो । कम्पनीले परिवर्तित धितोपत्रको अभिलेख गर्न नेप्सेमा अनुरोध गरेको छ ।

कम्पनीको कुल ७२ लाख १४ हजार ४९१ दशलमव ४८ कित्ता शेयरमध्ये परिवर्तित पूँजी संरचनापश्चात संस्थापक समूहतर्फको ४३ लाख २८ हजार ६९५ दशमलव ०४ कित्ता र सर्वसाधारण समूहतर्फको २८ लाख ८५ हजार ७९६ दशमलव ४४ कित्ता अर्थात् धितोपत्रको अनुपात हुने गरी अभिलेख गरिएको नेप्सेमार्फत जनाएको छ ।

यसभन्दा अगाडि कम्पनीको शेयर संरचना संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत थियो । यस आधारमा संस्थापकतर्फको १० प्रतिशत शेयर सर्वसाधारणमा परिणत भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार