नेप्से २७११ विन्दुमा पुग्दा ३ अर्बले कारोबार रकम खुम्चियो

काठमाडौं । साताको चौथो दिन शेयर बजार सूचकहरु बढ्दा कारोबार रकम घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.३४ अंकले बढेर ४७८.५० विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार ३२३ वटा कम्पनीको १ करोड ५४ लाख ६४ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ९ करोड २८ लाख ७९ हजार पुग्यो । जुन मंगलबारको तुलनमा ३ अर्ब ३७ करोड ५४ लाख ४१ हजारले कम हो । मंगलबार ३१० वटा कम्पनीको २ करोड २५ लाख ८८ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १० अर्ब ४६ करोड ८३ लाख २० हजार पुगेको थियो ।

बुधबार बजार पुँजीकरण रकम ४३ खर्ब १७ अर्ब ९३ करोड रह्यो भने मंगलबार उक्त रकम ४३ खर्ब ३ अर्ब ४४ करोड १७ लाख रहेको थियो ।
बुधबार १४४ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बुधबार ८ वटा समूह परिसूचक बढ्दा ५ वटा घटेको छ । विकास बैंक १८७, वित्त ६०, होटल र पर्यटन ३१, जलविद्युत ४५, लगानी ०.२१, लघुवित्त ४, म्युअुचल फण्ड ०.०८ र व्यापार समूह १० अंकले बढ्दा बैकिङ ४, जीवन बीमा २५, उत्पादन र प्रशोधन ०.२१, निर्जीवन बीमा २७ र अन्य समूह २ अंकले घटेको हो ।

बुधबार सर्वाधिक कारोबार हुनेमा न्याङदी ग्रुप, जानकी फाइनान्स, नेपाल फाइनान्स, हिमालयन उर्जा विकास कम्पनी र वेष्ट फाइनान्स रह्यो । न्याङदी ग्रुपको ३२ करोड ८१ लाख, जानकी फाइनान्सको ३२ करोड २० लाख, नेपाल फाइनान्सको २३ करोड २२ लाख, हिमालयन उर्जा विकास कम्पनीको १९ करोड १७ लाख र वेष्ट फाइनान्सको १५ करोड ५१ लाख करोबार रकम रह्यो ।

समृद्धि फाइनान्स कम्पनी, पोखरा फाइनान्स, पिपुल्स हाइड्रोपावर र सिँगटी हाइड्रो रह्यो । न्याङदी ग्रुपको ४६ करोड ६८ लाख, समृद्धि फाइनान्स कम्पनीको २९ करोड ८ लाख, पोखरा फाइनान्सको २४ करोड ९२ लाख, पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख र सिँगटी हाइड्रोको २३ करोड ७५ लाख कारोबार रकम पुग्यो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार