ठमेल, अकामा होटल र बन्दीपुर केबलकारले आईपीओको लागि दिए आवेदन

Garima_Business-Loan3

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा होटल तथा पर्यटन समूहका ३ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । जसमा ठमेल होटल प्लाजा,अकामा होटल र बन्दीपुर केबलकार एण्ड टुरिजमले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन ।

ठमेल होटलले १० करोड रुपैयाँ बरावरको १० लाख कित्ता, अकामा होटलले २२ करोड ५० लाख रुपैयाँबरावरको ४५ लाख कित्ता र बन्दीपुर केबलकारले ३० करोड ६० लाख रुपैयाँबराबरको ३० लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन ।

ठमेल होटल प्लाजाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ,अकामा होटलको सानिमा क्यापिटल र बन्दीपुर केबलकार एण्ड टुरिजमको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । यी तीन कम्पनीहरुमध्ये अकामा होटले सर्वसाधारणलाइ प्रतिकित्ता ५० रुपैयामा आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार