युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश घोषणा

Garima_Business-Loan3

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२११ प्रतिशत नगद लाभांश रहेको छ । मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसका साथै सो बैठकले बोनस शेयर जारीपश्चात कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण तथा हकप्रद शेयर निष्काशन हुनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार