सौरभ ज्योतिको नेतृत्वमा नेपाल जापान चेम्बर गठन, नविन प्रविधि भित्र्याउन थप मद्दत पुग्ने

काठमाडौं । नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन र आर्थिक सम्बन्धलाई सुदृढ गर्न नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज –एनएनसीसीआई)को स्थापना भएको छ ।

व्यवसायी सौरभ ज्योतिको नेतृत्वमा एनएनसीसीआईको स्थापना गरिएको हो ।

चेम्बरको स्थापनाले नेपाल र जापानकाबीच व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने र अन्य आर्थिक क्षेत्रहरूमा आपसी सहयोग र समृद्धि बढाउने अपेक्षा गरिएको छ । नेपाल–जापानको सहकार्यमा प्राविधि सहयोग मार्फत उद्योग, व्यवसाय, कृषि क्षेत्र, विभिन्न पूर्वाधार, उर्जाका परियोजना नेपालमा सञ्चालन भइरहेको अध्यक्ष ज्योतिले बताए ।

‘नेपाल जापानको सम्बन्ध एकदमै पुरानो हो । नेपाल जापान कुटनीतिक सम्बन्ध १९५६ देखि सुरु भएको हो । त्यो लगत्तै व्यापार साझेदार, सास्कृतिक आदान प्रदानका हुँदै आएको छ । दुई देशबीच आर्थिक सम्बन्ध मात्र नभएर सामाजिक सम्बन्ध पनि स्थापित हुँदै आएको छ,’ ज्योतिले भने ।

चेम्बरको स्थापनासँगै नेपाल र जापानबिच व्यापार तथा लगानी विस्तारसंगै नविन प्रविधि भित्र्याउन थप सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

नेपालबाट जापान निर्यातको सम्भावना रहेको वस्तु तथा सामान निर्यातमा पनि चेम्बरले विशेष पहल गर्ने उनको भनाइ छ। व्यापार सहजीकरणमा चेम्बरले दुबै देशको सरकारसंग र नीतिनिर्माता निकायमा लबिङ गर्न चेम्बरले भुमिका राख्ने उनले बताए।

जापानी राजदुत तामुरा ताकासिकाले चेम्बरको स्थापनाले नेपाल र जापानबीच उच्च आर्थिक र व्यापारिक सम्भावना खोल्न मद्दत गर्ने बताए ।

सौरभ ज्योति अध्यक्ष रहेको उक्त संस्थामा उपायध्यक्ष ऋतुसिंह वैद्य, कोषाध्यक्षमा टुसारधर तुलाधर र सचिवमा विदयसिंह वैद्य, शुहिदराज घिमिरे सदस्यमा दिनेश तुलाधर र अंकुर झुनझुनवाला लगायत छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार