CLI
Global College

पुस १० गतेदेखि परिपक्व हुँदै सानिमा इक्वीटी फण्ड

काठमाडौं । सानिमा बैंक कोष प्र्वर्द्धन तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा ईक्विटी फण्ड आगामी पुस १० गतेदेखि परिपक्व हुने भएको छ ।

योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले योजना परिपक्व हुनुभन्दा एक महिना अघिनै धितोपत्र दोस्रो बजारमा सूचिकरण खारेजीका लागि निवेदन दिनुपर्ने व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेन्ज, नेप्सेलाई जानकारी सहितको निवेदन पेश गरेको हो ।

सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको १३ करोड इकाई दोस्रो बजारमा सूचीकृत रहेको छ । योजना परिपक्व भएसँगै खारेजी प्रकृयामा जाने भएकाले सूचिकरण समेत खारेज गर्नुपर्ने हुन्छ । यस योजना सञ्चालनका लागि प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा १३ करोड इकाई विक्री गरिएको थियो ।

नेपाल धितोपत्र बोर्डले यस योजना सञ्चालनका लागि योजना व्यवस्थापकलाई २०७४ साल कात्तिक २७ गते अनुमति दिएको थियो । २०७४ साल पुस ११ गते योजना सञ्चालनका लागि विक्री गरिएको इकाई बाँडफाँट गरिएको थियो । कात्तिक मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको यस योजनाको असोज मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी खुद सम्पत्ति रहेको छ । उक्त अवधिमा योजनाको प्रति इकाई खुद मूल्य ११ रुपैयाँ ८५ पैसा छ । असोज मसान्तसम्म योजना २३ करोड ४२ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको देखिन्छ ।

Leave Your Comment

Related News