शेयर बजारका सबै सूचक बढ्दा कारोबार रकम खुम्चियो

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारका अधिकांश सूचक बढ्दा कारोबार रकम घटेको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १५.८३ अंकले बढेर २६८३.२४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.८६ अंकले बढेर ४७३.०६ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार ३०९ वटा कम्पनीको १ करोड २२ लाख ६३ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार पुग्यो । जुन आइतबारको तुलनामा १ अर्ब ३८ करोड ३० लाख ५२ हजारले कम हो । आइतबार ३२२ वटा कम्पनीको १ करोड ५२ लाख ७० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रहेको थियो ।

बजार पुँजीकरण रकममा भने वृद्धि हुदाँ सोमबार बजार पुँजीकरण रकम ४२ खर्ब ७२ अर्ब ५३ करोड ५३ लाख रह्यो । आइतबार भने बजार पुँजीकरण रकम ४२ खर्ब ४७ अर्ब ३१ करोड ६६ लाख रहेको थियो ।

सोमबार १६९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ६७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

सोमबार ११ वटा समूह परिसूचक बढ्दा बाँकी २ वटा समूह परिसूचक घटेको छ । बैंकिङ २, विकास बैंक ६७, वित्त ८१, होटल र पर्यटन ८४, जलविद्युत १६, लगानी १, जीवन बीमा ३०, लघुवित्त १०, निर्जीवन बीमा १६४, व्यपारा ३ र अन्य समूह ३४ अंकले बढ्दा उत्पादन र प्रशोधन १६ र म्युअुचल फण्ड ०.०७ अंकले घटेको हो ।

सोमबार सर्वाधिक कारोबार हुनेमा ङदी ग्रुप, वेष्ट फाइनान्स, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र हाथवेय इन्भेष्टमेन्ट नेपाल रह्यो । ङदी ग्रुपको ५४ करोड ७ लाख, वेष्ट फाइनान्सको २५ करोड २९ लाख, नेपाल फाइनान्सको २० करोड ३१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १५ करोड ६४ लाख र हाथवेय इन्भेष्टमेन्ट नेपालको १५ करोड ८ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार