डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता असुल गर्न कुलामनको अर्को अस्त्र प्रयोग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको रकम नतिर्ने उद्योगको बैंक खाता तथा शेयर कारोबार रोक्न नियामकलाई पत्र लेखेको छ । प्राधिकरणले आज (बुधबार) नियाकम नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डलाई पत्र पठाउँदै बैंक खाता तथा शेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेको हो ।

कात्तिक २५ गतेको मन्त्रिपरिषद्को निर्णय तथा मंसिर ११ गते विद्युत नियमन आयोगले बक्यौता नतिर्ने उद्योगको लाइन नकाटी अन्य प्रक्रिया मार्फत बक्यौता उठाउन प्राधिकरणलाई पत्र लेखेको थियो ।

प्राधिकरणले बक्यौता उठाउन वैकल्पिक विकल्प अबलम्बन गर्दै किस्ता बन्दीको सुविधा समेत उपयोग नगर्ने २८ वटा उद्योगका सञ्चालकहरुको बैंक खाता तथा शेयर कारोबार रोक्का गर्न नियामक राष्ट्र बैंक र धितोपत्र बोर्डसँग सहयोग मागेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार