RE
Global College

सुपर माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सुपर माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । साधारण सभा तथा लाभांश वितरणप्रयोजनको लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात कम्पनीको शेयरमूल्य १ हजार ६५ रुपैयाँ ४२ पैसा कायम भएको छ ।  बुक क्लोजको अघिल्लो दिनको कारोवार मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, कम्पनीको शेयर प्रतिकित्ता १ हजार १४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले मंसिर २८ गते, शुक्रबार, लिसरा रिसेप्सन्स् नक्साल काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ।

 

NECO

Leave Your Comment

Related News