जल तथा उर्जा आयोगको सचिवालयको सचिवमा घिमिरे

Garima_Business-Loan3

काठमाडौं । जल तथा उर्जा आयोगको सचिवमा रामप्रसाद घिमिरे नियुक्त भएका छन् ।

मन्त्रीपरिषद्को आइतबार साँझ बसेको बैठकले प्राविधिक तर्फको सचिवमा बढुवा भएका घिमिरे आयोगको सचिवमा नियुक्त भएका हुन् ।

आयोगका सचिव गोपाल सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएसँगै उक्त स्थान खाली रहेको थियो । आयोगका कर्मचारीले सोमबार स्वागत गरेलगत्तै सचिव घिमिरेले कार्यभार सम्हालेका हुन् ।

नवनियुक्त घिमिरे यसअघि खानी तथा भूगर्भ विभागका महानिर्देशक थिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार