पीपीपी मोडलमा निर्माण हुने हाइड्रोको लागि साढे ५ खर्ब लगानी गर्न आग्रह

काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेडले सार्वजनिक निजी साझेदारी (पीपीपी) नमूना अन्तर्गत रही दुई वटा जलविद्युत केन्द्रमा साढे ५ खर्ब रुपैयाँ बराबरको लगानी गर्नका लागि सार्वजनिक आह्वान गरेको छ ।

कम्पनीले ४५४ मेगावाटको किमाथांक अरुण जलविद्युत अयोजना र १ हजार ९०२ मेगावाटको मुगु कर्णालाी जलासययुक्त, जलविद्युत आयोजनाको लागि क्रमशः ९३ अर्ब ८० करोड रुपैयाँ र ४ खर्ब ६० अर्ब रुपैयाँ लगानी गर्न सार्वजनिक आह्वान गरेको हो ।

लगानी गर्न सक्नेहरुमा नेपाली नागरिक वा नेपाल नागरिक मात्र प्रबर्धक रहेको कम्पनी वा संस्था हुनुपर्ने बताइएको छ । कम्पनीले कम्पनीको प्रबन्धपत्र, २०७३ र अयोजना निर्माणका लागि लगानी साझेदारी गर्ने सम्बन्धी कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिम पीपीपी ढाँचामा लगानी जुटाउने प्रक्रिया अघि बढाउने क्रममा लगानी गर्न आग्रह गरेको हो । लगानी गर्न इच्छुक व्यक्तिहरुले पुस ८ गते १२ बजे भित्र लगानी प्रस्ताव पेश गर्न सक्नेछन् । प्राप्त प्रस्ताव पुस ८ गते २ बजे कम्पनीको कार्यालय बुद्धनगर, काठमाडौंमा खोल्ने बताइएको छ ।

स्वदेशी क्षमता अभिवृद्धि गर्न र स्थानीय लगानीलाई प्रोत्साहित गर्ने प्रयोजनाका कारण लगानी गर्न प्रस्ताव आह्वान गरिएको समेत बताइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार