ज्योति समूह बिभाजन भएर बन्यो पद्मज्योति समुह, कस्तो छ नेतृत्व ?

काठमाडौं । व्यवसायिक घराना ज्योति समुह पारिवारिक कलहका कारण बिभाजन भएको छ  । १४० बर्षको ब्यबसायीक इतिहास बोकेको यो समुम दाजुभाइ बीचको अंशबण्डाको विवादका कारण विभाजन भएको हो । ज्योति समुहको यो ब्यसायीक घरान बिभाजनसँगै नयाँ समूहको रुपमा ‘पद्म ज्योति ग्रुप’को  नाममा अगाडि आएको छ ।

पध्म ज्योति समुहको घोषणा गर्न आयोजित एक समारोहमा ‘ज्योति समूहलाई पद्म ज्योति समूहमा रुपान्तरण गरी विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात भएको घोषणा गर्न पाउँदा हामी खुसी छौं,’ अध्यक्ष पद्म ज्योतिले भने, ‘धेरै बाधा र चुनौती पार गरेपनि यो समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै निरन्तर अघि बढ्नेछ ।’

पद्म ज्योति ग्रुपको  अध्यक्षमा पद्म  आफैँ छन् भने संस्थापक सदस्यमा मीरा ज्योति र सौरभ ज्योति छन् । सिर्जना ज्योति र आरती ज्योति कम्पनीका निर्देशक छन् ।

सन् १९४० को दशकमा मणिहर्ष ज्योतिले स्थापना गरेको ज्योति ग्रुप लामो विरासत भएको नेपाली व्यवसायिक घरानाका रुपमा चिनिन्छ । टुक्रिनु अघि ज्योति समूहमा पद्य ज्योति अध्यक्ष र रुप ज्योति उपाध्यक्ष थिए ।

ग्रुपसँग हाल हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरन्त फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल लगायतका उद्यम व्यवसाय छन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार