२.९५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको कारोबार

काठमाडौं । निरन्तर घटेको शेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले बढेर ४५१.६६ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.१८ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१५ अंकले बढेको छ ।

मंगलबार ३१८ वटा कम्पनीको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रह्यो । जुन सोमबारको तुलनामा १ अर्ब ५९ करोड २४ लाखले कम हो । सोमबार ३०४ वटा कम्पनीको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ९३ करोड ५६ लाख रहेको थियो ।

मंगलबार बजार पुँजीकरण रकम भने ४३ खर्ब ६९ अर्ब ८० करोड रह्यो । मंगलबार ८ वटा समूह परिसूचक बढ्दा ५ वटा समूह परिसूचक घटेको छ । बैकिङ २, वित्त २७, होटल र पर्यटन १२, जलविद्युत ५, लघुवित्त २७, निर्जीवन बीमा २५, व्यापार २८ र अन्य समूह ३ अंकले बढ्दा विकास बैंक ३७, लगानी ०.२२, जीवन बीमा २०, उत्पादन र प्रशोधन ३० र म्युअुचल फण्ड ०.१० अंकले घटेको हो ।

मंगलबार सर्वाधिक कारोबर हुने कम्पनीहरुमा जानकी फाइनान्स, नेपाल फाइनान्स, रिभर फल्स पावर लिमिटेड, वेष्ट फाइनान्स र डोल्टी पावर कम्पनी रह्यो । जानकी फाइनान्सको २२ करोड २४ लाख, नेपाल फाइनान्सको १५ करोड ८ लाख, रिभर फल्स पावर लिमिटेडको १२ करोड ४५ लाख , वेष्ट फाइनान्सको १० करोड ४ लाख र डोल्टी पावर कम्पनीको ९ करोड ५७ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार