प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश, तमोर-ढुंगेसाँघु बनाउने सम्झौता

काठमाडौं । सार्वजनिक निजी साझेदारीमा पहिलो पटक प्रसारण लाइन निर्माण हुने भएको छ । तमोर- ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माणका लागि मंगलबार सम्झौता गरिएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ५ वटा जलविद्युत अयोजना प्रवर्धक कम्पनीबीच मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सम्झौता भएको हो ।सम्झौता पत्रमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली र निजी कम्पनीका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

उक्त प्रसारणलाइनले करिब ७०० मेगावाट विद्युत वहन गर्न क्षमता रहने छ । ७७.५ मेगावाटको घुन्सा खोला र ७०.३४ मेगावाटको सिम्बुवाखोला जलविद्युत आयोजना एचआईडीसीएल, विद्युत उत्पादन कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणले साझेदारीमा निर्माण गर्न लागेका छन् । यो आयोजनाहरु आगामी वर्षबाट निर्माण लैजाने तयारी छ ।

प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ र ७ भएर बग्ने तमोर नदीमा निर्माण हुनेछ ।यसअघि मन्त्रालयले प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने कार्यविधि बनाएको थियो । यससँगै प्रसारण लाइन निर्माणमा भने नेपाल विद्युत् प्राधिकरणको एकाधिकार तोडिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार