नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । सोमबार बेलुका बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि शेयरधनी सदस्यहरुलाई कुनै लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको जनाएको हो ।

यस कम्पनीले आर्थिक वर्ष ०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछि कम्पनीले लाभांश वितरण गरेको छैन् । हाल यस कम्पनीको चुक्तापूँजी ७२ करोड ९९ लाख ६ हजार रुपैयाँ छ । यो कम्पनी खुद नोक्सानीमा रहेको छ ।

बैठकले संस्थाको गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार