आफ्नै उत्पादनले लोडसेडिङबाट मुक्त हुन पर्छ: अध्यक्ष कार्की

Garima_Business-Loan3

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संघ(ईप्पान) अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पुर्वाधार क्षेत्रको विकार गर्न नसके कसैले पनि गर्न नसक्ने बताएका छन् । शुक्रबार नेपाल पुर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभाको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यसो बताएका हुन् ।

ईप्पानका अध्यक्ष गणेश कार्किले भने, ‘देशको विकासमा पूर्वाधारको विकास महत्त्वपूर्ण रहेको छ । हाम्रो राष्ट्रमा व्यवसायीहरूको दुख पनि छ । पूर्वाधारको विकासका लागि सिमेन्ट अत्यन्तै आवश्यक हो । यस्ता सिमेन्टको विषयमा मूल्य बढाउनेलाइ कारबाही गर्नुपर्छ । यसरी सिमेन्टको मूल्य बढाउदै जाने हङभने, आयोजनाहरूको लागत कति पुग्छ थाहा हुदैन् । सरकारले कल्पना गर्न नसक्ने ठउँमा बाटो पुर्याइदिएका छाै । उर्जाको विकासमा सामाजिक उत्तरदायित्वमा जोड गरेका छाै । भारतबाट विद्युत् आएन भने अझै लोडसेडिङ हुने अवस्था छ । आफ्नै उत्पादनले हामी लोडसेडिङ मुक्त हुन सक्नुपर्‍यो । अहिले हाम्रा समस्या सुनिएका छैन्न । सरकारले हाम्रा समस्याहरू सुनिदिनुपर्छ ।’

‘अहिलेको सरकार बलियो सरकार छ । अहिले उर्जा क्षेत्रमा केही भएन भने, कहिलेपनि केही हुन सक्दैन्’ उनले भने, ‘हामीले यश सरकारलाई विश्वास गरेका छाै । अवश्य पनि समस्याहरू समाधानहरू हनेछन् ।’

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार