CLI

एमसिए–नेपाल अन्तर्गत बन्ने विद्युत प्रसारण लाइनको ७०.५९६ हेक्टर क्षेत्र निर्माण कार्य र रुख विरुवा रोप्न निषेध

काठमाडौं । सरकारले मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने विद्युत प्रसारण लाइनको ७०.५९६ हेक्टर क्षेत्र निर्माण कार्य र रुख विरुवा रोप्न निषेध गरेको छ ।

सरकारले विद्युत ऐन, २०४९ को दफा ३३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी एमसिए–नेपाल अन्तर्गत बन्ने विद्युत प्रसारण लाइनको ७०.५९६ हेक्टर क्षेत्र निर्माण कार्य र रुख विरुवा रोप्न निषेध गरेको हो ।

विद्युत प्रसारण लाइन निर्माण गर्न एमसिए–नेपालले प्राप्त गरेको १४४० हेक्टर जग्गाको ३१५ किलोमिटर लम्बाईको ४०० के.भी विद्युत प्रसारण लाईन आयोजना अन्तर्गत नयाँ दमौली देखि नयाँ बुटवल हुँदै नेपाल(भारत सीमासम्म नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा पर्ने करिब ३३.५४ किलोमिटर लम्बाइको ४०० के.भी विद्युत प्रसारण लाइनको मार्गमा पर्ने करिब ७०.५९६ हेक्टर क्षेत्रफलको देहाय बमोजिमका जग्गामा विद्युत प्रसारण लाइनको मध्य रेखाबाट दायाँ बायाँ २३/२३ मिटर भित्र कुनै निर्माण कार्य गर्न तथा रुख बिरुवा रोप्न नपाउने गरी निषेध गरिएको राजपत्रमा सूचना प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार