४९.९५ मेगावाटको दानाखोला आयोजनामा ७ अर्ब ४७ करोड लगानी जुट्यो

काठमाडौं । लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ। उर्जा जलस्रोत तथा सिचाई मन्त्री दिपक खड्काको उपस्थितिमा शुक्रबार कम्पनी र ऋण प्रवाह गर्ने वित्तीय संस्थाबीच सम्झौता भएको हो।

सानिमा बैंकको अगुवाइमा नबिल बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआइडिसिएल० ले आयोजनामा ऋण लगानी गर्ने भएका छन् । यी संस्थाले आयोजनामा कुल ७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन्। आयोजनाको कुल लागत ९ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। बाँकि २४९ करोड रकम इक्विटी मार्फत जुटाइने भएको छ।

कम्पनीका अध्यक्ष मोहन डाँगीले ३३ महिना १४ दिन भित्र आयोजना निर्माण सम्पन्न हुने बताएका छन् । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने गरि विद्युत खरिद बिक्री सम्झौता भईसकेको छ। प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० र वर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने छ । आयोजना निर्माण सम्पन्न गरि सक्नु पर्ने समय २०८४ कात्तिक २ गते तोकिएको छ ।

यो आयोजना मनाङको नासो गाउँपालिकामा पर्छ । आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको मनाङको धारापानी सबस्टेसनमा जोडिने छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार