प्रभु बैंकको दोस्रो त्रैमाससम्ममा नाफा ८५ प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु बैङ्कले  आर्थिक वर्ष २०८१/०८२ को को दोस्रो त्रैमास सम्मको अपरिस्कृत बित्तिय बिबरण सार्वजनिक गरेको छ । बैङ्कले सार्वजनिक गरेको बित्तिय बिबरण अनुसार  बैंकको नाफा बढेको छ । यसअवधिमा खुद नाफा ८५.४९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

१ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यसको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड कायम भएको छ । बैंकको सञ्चालन नाफा पनि ४५.९५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड भएको छ ।

बैंकको खराब कर्जा भने ०.१६ प्रतिशत विन्दुले बढेर ५.०६ प्रतिशत कायम भएको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४.७९ रुपैयाँ छ ।

पुस मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ । यसको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने ३ अर्ब ३३ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार