काठमाडौं । आइतबार सामान्य अंकले बढेको शेयर बजार सोमबार पनि सामान्य अंकले बढेको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१० अंकले बढेर ४३९.१४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.२८ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.०५ अंकले बढेको हो ।
सोमबार ३११ वटा कम्पनीको १ करोड ३६ लाख ७७ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार पुगेको छ । जुन आइतबारको तुलनामा ३१ करोड ३२ लाख ४२ हजारले बढी हो । आइतबार ३२५ वटा कम्पनीको १ करोड २९ लाख ८२ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार पुगेको थियो ।
साथै बजार पुँजीकरण रकम भने ४३ खर्ब २५ अर्ब ८७ करोड ८५ लाख लाख पुगेको छ ।
सोमबार ११८ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सोमबार ८ वटा समूह परिसूचक बढ्दा बाँकी ५ वटा समूह परिसूचक घटेको छ । होटल र पर्यटन ८, लगानी ०.६०, जीवन बीमा ५, उत्पादन र प्रशोधन ११६, म्युअुचल फण्ड ०.०१, निर्जीवन बीमा २९, व्यापार ४७ र अन्य समूह ४१ अंकले बढ्दा बैंकिङ ३, विकास बैंक ३२, वित्त ६९, जलविद्युत १ र लघुवित्त २ अंकले घटेको हो ।
सोमबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा रिभर फल्स पावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेपाल रिइन्स्योरेन्स कम्पनी र सिन्धु विकास बैंक रह्यो । रिभर फल्स पावर लिमिटेडको २४ करोड १ लाख, हिमालयन पावर पार्टनर लिमिटेडको १८ करोड २० लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १६ करोड ३४ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको १५ करोड ५० लाख र सिन्धु विकास बैंकको १३ करोड ८९ लाख बराबर करोबार भयो ।