काठमाडौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमवार आफ्नो आठौं वार्षिक स्थापना दिवस मनाएको छ । संस्थाले २०७३ माघ ७ गतेदेखि कारोबार शुरू गरेको थियो । संस्थाको चुक्ता पूँजी रू।४९ करोड ७४ लाख १५ हजार ९४२ रहेको बताइएको छ ।
देशभर लघुवित्त सेवा विस्तार गर्ने योजना अनुसार संस्थाका कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थामा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई थप सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी सातै प्रदेशका ४८ जिल्लामा कार्यक्रम सञ्चालनमा ल्याइएको बताइएको छ ।
आठौं वार्षिक उत्सवको अवसरमा मानवसेवा आश्रम शाखा भरतपुर, चितवनलाई सहयोग वितरण गरिएको बताइएको छ । संस्थाले हालसम्म विपन्न वर्गका सदस्यलाई सहज रूपमा लघुवित्त सेवा उपलब्ध गराउँदै आएको बताइएको छ ।
हालसम्म संस्थाले १ लाख ५ हजार ७० सदस्यलाई सेवा दिई विभिन्न उद्देश्यमा ३५ हजार ६३४ जना ग्राहकमा रू। ५ अर्ब ६५ करोड कर्जा प्रवाह गरिएको बताइएको छ । संस्थामा ग्राहक सदस्यको बचत रकम रू। १ अर्ब ३३ करोड रहेको बताइएको छ ।