CLI

लघु जीवन बीमा कम्पनीहरुको व्यापार ५१ करोड माथि

काठमाडौं । चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा लघु जीवन बीमा कम्पनीहरुले ५१ करोड रुपैयाँ भन्दा बढी व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार दोस्रो त्रैमाससम्म ३ वटा लघु जीवन बीमा कम्पनीहरुले  ६ लाख ६९ हजार २४४ वटा बीमालेख जारी गर्दै ५१ करोड २९ लाख ९५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ४ लाख ७४ हजार १८६ वटा बीमालेख जारी गर्दै २० करोड २० लाख ५५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले १ लाख २३ हजार ३३५ वटा बीमालेख जारी गरेर १८ करोड ६४ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी लिबर्टी माइक्रो लाइफले ७१ हजार ७२३ वटा बीमालेख जारी गर्दै १२ करोड ४४ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Leave Your Comment

Related News