यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह अनुबन्धित

काठमाडौं ।नेपालको खाद्य बजारकै अग्रणाी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फूड्स प्रालिले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको गरेको छ ।

यशोदा फूड्सले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर शाहलाई नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा घोषणा गरेको हो ।

यशोदा फूड्सले अन्तर्राष्ट्रिय बजारमा वार्षिक एक अर्बभन्दा माथिको व्यापार गर्दै आइरहेको छ । कम्पनीले भारत, क्यानडा, अमेरिका, बहराइन, कूवेत, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, दक्षिण कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्याण्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।
उक्त घोषणा समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यावसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । सोही कार्यक्रममा यशोदा फूड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मान गर्दै स्वागत गरेका थिए ।

शाहको नियुक्तिसंगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको अध्यक्ष पौडेलको भनाइ छ । शाहले आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ । ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा, शाहले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिती अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

ग्लोबल कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका शाहले व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार वृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्राण्ड बिल्डिंग, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा वृद्धि गर्ने कम्पनीले विश्वास लिएको छ । उनी संस्थागत विकास र टिम बिल्डिङका लागि ख्याति प्राप्त व्यक्तित्व हुन् ।

राजस्वमा निरन्तर वार्षिक वृद्धि, नाफाका साथै ईन्टरप्राइजको भ्यालु एडिशनका लागि प्रमाणित ट्रयाक रेकर्डका लागि पनि उनी विशेष रुपमा परिचत रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । उनको अनुभव तथा विशेषज्ञता प्रडक्शन, ईञ्जिनियरिंग, प्रडक्ट डेभलपमेन्ट, अपरेशन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिंग, अन्तर्राष्ट्रिय बजार बिस्तार र ३५ भन्दा बढी देशहरुमा मार्केटिंग तथा एडभरटाइजिंग लगायत छ ।

उनले आफ्नो व्यवसायिक यात्राको दौरान ख्यातिप्राप्त कन्जुमर गुड्स ब्राण्डहरु जस्तै चाउचाउ, एक्स्क्रुडेड स्न्याक्स, पोट्याटो चिप्स, फ्राइड स्न्याक्स, वेफर्स, मसलाहरु,
ईन्स्ट्यान्ट पास्टा, सिगरेट, फलफूल जन्य पेय पदार्थ, ईनर्जी ड्रिंक्स तथा वियरका श्रेणीहरु समेत रहेका छन् ।

“यशोदा फूड्स प्रालिसंग अनुबन्धित हुँदै सफलताको नयाँ रोमाञ्चक यात्राको साझेदार हुन पाउनु मेरो लागि ठूलो सम्मान तथा गौरवको विषय हो । गुणस्तर र नवप्रबद्र्धनका सवालमा सदैव अग्रणी रहँदै आएको यस कम्पनीसँग आफ्नो यात्रा अगाडी बढाउन पाउँदा म निकै उत्साहित छु ।” समारोहमा आफ्नो मन्तब्य राख्दै उनले भने, “कम्पनीको भिजनलाई आत्मसात गर्दै, कम्पनीलाई थप सफलता र उचाईँमा पु¥याउने म मेरो हार्दिक प्रतिवद्धता व्यक्त गर्दछु ।”

यो नियुक्तिले यशोदा फूड्सको निरन्तर सफलता, उन्नती, उत्कृष्टता, र नवीनताप्रतिको प्राथमिकतालाई प्रतिबिम्बित गरेको छ । कम्पनीले आफ्नो परम्परागत विरासतलाई कायम राख्दै खाद्य पदार्थ क्षेत्रमा नवप्रवर्तन भित्राउने उद्देश्य लिएको छ । कम्पनी सदाझैँ आफ्ना उत्पादनको गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै नेपाली अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्याउन प्रतिबद्ध रहेको कार्यक्रम मार्फत जानकारी दिइयो । साथै, निकट भविश्यमा खाद्य उत्पादनका साथै एफएमसीजी उत्पादनहरु पनि सार्वजनिक गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार