काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला समय थप गरेको छ । ङादी ग्रुप पावर लिमिटेडको मिति २०८१मंसिर २७ सम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बेराबर (१ : १) को अनुपातमा प्रति शेयर १०० रुपैँयाको दरले १,८५,१२,७९२२२५ कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला मिति २०८१ पुस २३ गते देखि २०८१ माघ १४ गतेसम्म को लागि तोकेको थियो । कम्पनीले तोकिएको समय भित्र हकप्रद शेयर बिक्रि नभएपछि निष्काशनको बिक्री अवधी मिति २०८१माघ २४ गते बैकिङ्ग समयसम्म आबेदन दिन पाउने गरी समय थप गरेको छ ।
साविक शेयर धनीले हकप्रद शेयर खरिदका लागि सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौ ।सिद्धार्थ बैंक लिमिटेड, शाखा कार्यालयहरुः विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बेशीसहर, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत माफर्त आबेदन पेश गर्न सक्नेछन् ।
हकप्रद शेयरमा आबेदन गर्न आस्वा (ASBA) सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा (CASBA) प्रणाली तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सिआस्वा (CASBA) प्रणाली मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
हकप्रद आबेदनको लागि दरखास्त फारम निष्काशनकर्ता कम्पनी तथा निष्काशन तथा बिक्री प्रबन्धकको वेभसाइटबाट समेत डाउनलोड गरी भरेर बुझाउन सकिनेछ ।