सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं ।आज सुन र चाँदीको मूल्य घटेको छ । मंगलबार छापावाल सुन प्रति तोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ५९ हजार २०० रुपैयाँमा करोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी तोला १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार