RE
Global College

पदाधिकारी सहित केन्द्रीय समिति थप गरेपछि सुरेन्द्र पान्डेको बिरोध, पार्टी बिधान बिधि र प्रक्रियामा चलाउन माग

काठमाडौं । नेकपा (एमाले) जारी ११औं महाधिबेशनमा पेश गर्ने गरि  पदाधिकारी सहित केन्द्रीय सदस्य थप गर्न केन्द्रीय समितिले गरेको निर्णयमा एमालेका उपाध्यक्षले मनपरि भएको बताएका छन् । उनले केन्द्रीय समितिले पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समिति सहित केन्।द्रीय समिति थप गर्ने निर्णय पारित गरेर महाधिबेशन को बन्द सत्रको हलमा पेश गर्ने निर्णय गरे लगत्तै यसमा असहमति जारी गर्दै मनपरि भनेका छन्। उनेले आफ्नो सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले भनेका छन् “ के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने-यो सरासर मनपरी होइन भने के हो? अहिले आएर दाँया–बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ। यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ। पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ।“

उनले यसमा असहमति जारी गर्दै पार्टी बिधान बिधान र प्रक्रिया सञ्चालग हुनु पर्ने मत जाहेर गरेका छन् । जारी महाधिबेशनमा तेस्रो कार्यकालको लागि केपी शर्मा ओली पुन अध्यक्षमा निर्बाचित हुन आफूलाई अनुकुल बिधान शंषोधन गरेपछि उनले यस्तो बताएका हुन।

नेकपा( एमाले) ले गत भदौ २०-२२ काठमाण्डौको गोदावरिमा बिधान सम्मेलन गरेर पदाधिकारी संख्या १५ सहित २५१ जनाको केन्द्रीय समिति बनाउने गरि बिधान पास गरेको थियो । बितान पास भएको ३ महिना नपुग्दै र कार्यान्वयनमा नजाँदै पुन अध्यक्षलाई सहज हुने गरि बिधान शंषिधन गराएका छन् । उनले गत मंसिर २६ गते नै सचिवालयको बैठक राखेर बिधान शंषोधन गर्ने खोजेका थिए । तर उनलाई अध्यक्षमा टक्कर दिन लागेका इश्वर पोखरेल पक्षिय नेताले असहमति सहित बिरोध गरेपछि उनी पछि हटेका थिए ।

आज बन्स सत्र सुरु हुनुभन्दा अघि भने ओलीले केन्द्रीय समितिमा सहज बहुमत भएको आकलग गरि केन्दीय समितिको बैठक राखेर  बिधानलाइ शंषोधन गर्न  सफल भएका छन् । ओलीले मुलत इश्वर पोखरेलले अध्यक्षमा टक्कर दिन  लागेपछि उनले आफु  अनुकुल निर्णय गराउदै आएका छन् ।

NECO

Leave Your Comment

Related News