३ करोबार दिन पछि २४ अंकले बढ्यो नेप्से, पौने ४८ अर्बले बढ्यो कारोबार

काठमाडौं । बिहीबार देखि निरन्तर घटेको शेयर बजार मंगलबार भने नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक सहित कारोबार रकम सहित बढेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.९९ अंकले बढेर ४४४.७२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.६५ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.१४ अंकले बढेको हो ।

मंगलबार ३२५ वटा स्टकको १ करोड ९६ लाख ८० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम भने ९ अर्ब ४० करोड २६ लाख ७८ हजार पुग्यो । जुन सोमबारको तुलनामा ४७ करोड ८६ लाख १३ हजारले बढी हो । सोमबार ३१२ वटा स्टकको १ करोड ७२ लाख ५३ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार पुगेको थियो ।

साथै मंगलबार बजार पुँजीकरण रकम ४४ खर्ब ९ अर्ब १४ करोड ७६ लाख रह्यो ।

मंगलबार १७७ वटा कम्पनीको शेयर मूल्य बढ्दा ६० वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार शतप्रतिशत समूह परिसूचक बढेको छ । बैंकिङ ३, विकास बैंक २३०, वित्त ४८, होटल र पर्यटन ४६, जलविद्युत ५६, लगानी १, जीवन बीमा ११, उत्पादन र प्रशोधन ८७, लघुवित्त २४, म्युअुचल फण्ड ०.०२, निर्जीवन बीमा ३६, व्यापार ११ र अन्य समूह ३६ अंकल बढेको छ ।

मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सप्तकोशी विकास बैंक, नेपाल रिइन्स्योरेन्स कम्पनी,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, हिमालयन पावर पार्टनर र ङादी ग्रुप पावर कम्पनी रह्यो ।

सप्तकोशी विकास बैंकको ३८ करोड २१ लाख , नेपाल रिइन्स्योरेन्स कम्पनीको २९ करोड ३ लाख ,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड ८७ लाख, हिमालयन पावर पार्टनरको १९ करोड ४४ लाख र ङादी ग्रुप पावर कम्पनीको १७ करोड ५९ लाख बराबर कारोबार भयो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार