काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडल निकट भविष्यमा सर्वसाधारणमा प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
आइतबार सम्पन्न सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका संचालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।
लामिनार टाईल्स नेपालको पहिलो र एक मात्र सतप्रतिशत भिट्रीफाईड टाईल्स हो । जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ । लामिनार टाईल्स् नेपाली उपभोक्ताहरुका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पुरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरको टाईल्स्हरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन शुरु गरिएको हो । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ ।