काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माणमा भईरहेको बिरोध र अवरोध प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै कुनै पनि बहानामा विकास निर्माणको काम रोकिनु नहुने बताएको छ ।
उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै स्थानीय स्तरमा कुनै समस्या देखिएको छ भने त्यसमा स्थानीय सरोकारवालाहरुसँग आवश्यक छलफल गरी वार्ताका माध्यमबाट समस्या समाधान गर्नु पर्ने बताउदै पाथीभराको समस्या पनि वार्ताबाटै समाधान गर्न आग्रह गरको छ । महासंघले सरकारले वार्ताको प्रक्रिया अगाडि बढाएकोमा उत्साहित भएको र यसले समस्याको सामाधान हुनेमा बिस्वस्त रहेको जनाएको छ ।
महासंघ बागमति प्रदेसले भनेको छ केवलकार निर्माण हुँदा त्यसको प्रत्यक्ष फाइदा स्थानीयलाई नै हुनेछ । ‘ स्थानीय उत्पादनले उचित र सहज बजार पाउनेछ भने त्यहाँको परम्परा, संस्कृति र सभ्यता संसारको पहुँचमा पुग्ने गरी खुला हुनेछ । अर्कातर्फ रोजगारी सहित यस प्रकारका ठुला आयोजनाले आयोजना तथा पूर्वाधार क्षेत्रका नागरिक नै सबैभन्दा बढी लाभान्वित हुनेछन् । अहिले यातायातको पहुँचको अभावमा विकट जस्तै रहेको पाथिभरा क्षेत्र भोलि केबलकार संचालनपश्चात महिनामै लाखभन्दा बढी धार्मिक पर्यटक पुग्दा त्यसबाट प्रत्यक्ष मात्रामा बढी फाइदा पुग्ने भनेकै स्थानीयलाई नै हो । यसले भोलिका दिनमा सिंगो कोशी प्रदेश लाभान्वित हुनेछ ।’
अर्थतन्त्रको संकटका कारण निराशामा रहेको मुलुकको समग्र निजी क्षेत्रले पनि आगामी दिनमा आफ्ना व्यापार व्यवसाय प्रवर्द्धन मार्फत् स्वदेशमै रोजगारी सिर्जना गरी आर्थिक समृद्धिमा योगदान दिन सक्ने गरी मनोबल उकास्ने कामकालागि राज्यको साथ, सहयोग र समर्थन छ भन्ने महसुस गर्ने वातावरण बनाउन महासंघले आग्रह गरेको छ । अस्पष्टता रहेको विषयहरुमा छलफल र वार्ताको माध्यमबाट सोको निरुपण गरी आयोजना निर्माण कार्य तत्काल अघि बढ्ने वातावरण बनाउन संघीय, प्रदेश र स्थानीय सरकार र आन्दोलनरत पक्षसंघ नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले अपील पनि गरेको छ।