सानिमा माई हाइड्रोपावरको नाफा १९ प्रतिशतले घट्यो

काठमाडौं । सानिमा माई हाइड्रोपावरको नाफा १९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा हाइड्रोपावरले २६ करोड ९१ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ करोड ५० लाखले नाफा कम हो । गत आर्थिक वर्षको सोहि आवधिमा हाइड्रोपावरले ३३ करोड ४१ लाख नाफा कमाएको थियो ।

विद्युत विक्रीबाट हुने आम्दानी घटे सँगै नाफा समेत प्रभावित भएको देखिन्छ । हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा विद्युत विक्रीबाट ४० करोड ६३ लाख आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९ करोड २९ लाखले आम्दानीमा कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरले विद्युत विक्रीबाट ४९ करोड ९२ लाख आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा सञ्चालन मुनाफामा समेत गिरावट आएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा हाइड्रोपावरको सञ्चालन मुनाफा ३६ करोड ९५ लाख रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा सञ्चालन मुनाफा २७ करोड ९ लाख रहेको छ । हाइड्रोपावरको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रहेको छ ।
हाइड्रोपावरको नेटवर्थ प्रति शेयर १९२ रुपैयाँ ३ पैसा, प्रति शेयर आम्दानी (इपिएस) ७ रुपैयाँ ९२ पैसा, तरलता अनुपात ३.१७ र मूल्य आम्दाी अनुपात ५७.५७ रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार