अप्पर सोलु हाइड्रोको नाफा ७१ प्रतिशतले बढ्यो

काठमाडौं । अप्पर सोलु हाइड्रोपावरको नाफा ७१ प्रतिशतले बढेको छ । हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा १४ करोड ३२ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५ करोड ९३ लाखले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरले ८ करोड ३९ लाख नाफा कमाएको थियो ।

विद्युत विक्रीबाट आम्दानीमा वृद्धि भए सँगै नाफामा समेत सुधार देखिएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा हाइड्रोपावरले विद्युत विक्रीबाट ४५ करोड ४८ लाख आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा करिब ३ करोडले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरले विद्युत विक्रीबाट ४२ करोड ८८ लाख आम्दानी गरेको थियो । हाइड्रोपावरको चुक्ता पुँजी भने १ अर्ब ३५ करोड रहेको छ ।

हाइड्रोपावरको प्रति शेयर आम्दानी १० रुपैयाँ ६१ पैसा, प्रति शेयर नेटवर्थ १०४ रुपैयाँ ९५ पैसा, प्रति शेयर कुल सम्पत्तिको मुल्य ३६३ रुपैयाँ ८० पैसा, मुल्य आम्दानी अनुपात ६१.९१ र तरलता अनुपात १ः४९ रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार