ईङवा हाईड्रोपावरमा दुई जना सञ्चालक नियुक्त

काठमाडौं । ईङवा हाईड्रोपावर लिमिटेडको सञ्चालकमा महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिना नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपाने र तिमिल्सिनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको फागुन ६ गते बसेको सञ्चालनक समितिको बैठकले कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा कम्पनी ऐन २०६३ को दफा ८७ को उपदफा २ बमोजिम सञ्चालनक समितिलाई प्रदान गरेको अधिकार अनुरुप उनीहरुलाई सञ्चालक पदमा नियुक्त गरिएको हो ।

न्यौपाने झापा, भद्रपुर वडा नम्बर ७ का हुन् भने तिमिल्सना काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का हुन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार