काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्व साधारणको लागि प्राथमिक शेयर ( आइपिओ) आजदेखि बिक्रि तथा निश्शन गर्न लागेको छ । कम्पनीले जारी पूँजी ६०,००,००,०००साठ्ठी करोड रुपैयाँ को ३०% अर्थात १८,००,००,००० अठार करोड रुपैयाँ मात्र रकम बराबरको प्रति शेयर १०० का दरले १८,००,००० कित्ता साधारण शेयरको लागि आबेदन खुलाएको हो । यस अघि कम्पनीले श्रम स्वीकृत लिई बैदेशिक रोजगारमा रहेका नागरिकको लागि १०% अर्थात १,८०,००० कित्ता साधारण शेयर बिक्रि गरेको छ ।
कम्पनीले बैदेशिक श्रम स्वीकृत लिई बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक,कम्पनीका कर्मचारीहरुलाई र शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरे पश्चात् बाँकी रहेको १४,७६,००० कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि आजदेखी निष्काशन तथा बिक्रि खुल्ला गर्न लागेको हो ।
कम्पनीको शेयर खरिदको लागि न्यूनतम १० कित्ता र अधिकतम् १०,००० कित्ता शेयरको लागि आबेदन दिन सक्नेछन् ।
कम्पनीको प्राथमिक शेयरको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्बा (C-ASBA) सदस्य बैंक तथा वित्तिय संस्थाहरु तथा सिडिएस एण्ड | क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो सेयर” अनलाइन प्रयोग गरि सिआश्वा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।
कम्पनीले डबल बि रेटिङ प्राप्त गरेको छ ।