काठमाडौं । भारतस्थित दिल्लीको प्रगति मैदानमा मार्च ४ देखि ८, २०२५ सम्म भव्यताका साथ आयोजित भारतकै सबैभन्दा ठूलो ट्रेड फेयर “आहार” हिजो मार्च ८, २०२५ मा समापन भएको छ ।
उक्त ट्रेड फेयरमा पहिलो पटक नेपालबाट सहभागी काबरा ग्रुपले क्वालिटी पूड्स एण्ड स्न्याक्स प्रा.लि., क्वालिटी पूड्स नेपाल प्रा.लि. र क्वालिटी नूडल्स इण्डष्ट्रिज प्रा.लि. का लोकप्रिय उत्पादनहरू बिस्कुट, स्न्याक्स तथा नूडल्सहरू “आहार” ट्रेड फेयरमा राखेको थियो ।
प्रगति मैदानमा आयोजित “आहार” ट्रेड फेयरमा आकर्षक रुपमा सिंगारिएको स्टलमा प्रदर्शित बिस्कुट, नूडल्स तथा स्न्याक्सहरू अवलोकनकर्ताहरूको आकर्षणको केन्द्रमा रहेको थियो भने केटाकेटीदेखि युवा र प्रौढदेखि बृद्धबृद्धासम्मलाई सुहाउदो बजारमूल्यमा नौलो स्वाद र आकर्षक प्याकेजिङका साथ प्रस्तुत गरेको ूव्ब्ऋप्एइत्ू ब्राण्डका नूडल्स तथा स्न्याक्सहरूप्रति सर्वसाधारण देखि उद्योगी व्यवसायीहरूले अवलोकनको क्रममा देखाएको उत्सुकता, स्थानीय तथा तेश्रो मुलुकका व्यवसायीहरूको उत्साहजनक उपस्थितिका साथै व्यावसायिक सोधखोज, छलफल र अन्तर्क्रिया समेत सम्पन्न गर्न सफल भएको सो ट्रेड फेयरमा भारतीय व्यवसायीहरूले प्रदेश र क्षेत्रगत सुपर डिष्ट्रिब्युटर्स, सोल डिष्ट्रिब्युटर्स र रिजनल डिष्ट्रिब्युटर्सको प्रस्तावनाहरू पेश गरेका छन् भने तेश्रो मुलुकबाट आएका व्यवसायीहरूले पनि डिष्ट्रिब्युटरका लागि आ—आफ्नो प्रस्तावहरू पेश गरेका छन् । “आहार” ट्रेड फेयरमा प्राप्त भएको यो सफलताले प्रोत्साहित काबरा ग्रुपले आउ“दो वर्षमा अनुमानित २०० करोड माथिको निर्यात गर्ने लक्ष्य राखेको छ ।