रिलायबल नेपाल लाइफको बोनसदर सार्वजनिक

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरण्णले फागुन २६ गते स्वीकृति दिएपछि नयाँ बोनसदर सार्वजनिक गरिएको हो।

कम्पनीले रिलायबल सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ५० रुपैयाँदेखि ७५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ। त्यस्तै रिलायबल सुलभ जीवन बीमालेख र सुलभ बाल जीवन बीमालेख प्लस योजनामा २५ रुपैयाँदेखि ४१ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ।

साथै रिलाबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) मा २५ देखि २६ रुपैयाँसम्म बोनस दिने भएको छ भने लघु सावधिक जीवन बीमालेख (बीमा समिति) र रिलायबल लघु सावधिक जीवन बीमालेखमा ३१ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ।

त्यस्तै सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० र ५५ रुपैयाँ, रिलायबल समुन्नती जीवन बीमा योजनामा २० रुपैयाँदेखि २३ रुपैयाँसम्म र रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) मा ६० देखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ।

यो बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण दाबी, चुक्ता मूल्य तथा चालू बीमालेखमा समेत लागू हुने र अर्को बोनसदर सार्वजनिक नभएसम्म यही बोनसदर लागू हुने कम्पनीले जानकारी दिएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार