CLI

सिमेन्टको मूल्य बढाउने तयारी, उद्योगमा दैनिक १४ घण्टासम्म लोडसेडिङ छ : उद्योगी

काठमाडौं । मंसिर पहिलो सातादेखि कार्टेलिङ गरेर कृत्रिम मूल्यवृद्धि गरेका सिमेन्ट उद्योगीहरुले पुन: मूल्य बढाउने तयारी गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणबाट सिमेन्ट उद्योगहरुलाई उपलब्ध गराउँदै आएको विद्युत आपूर्ति व्यवस्थामा हालैका दिनमा दैनिक १२ देखि १४ घण्टा सम्म विद्युत कटौती (लोडसेडिङ्ग) हुँदै आएकाले लागत वृद्धि भएकाले हालको विक्री मूल्यमा सिमेन्ट विक्री वितरण गर्न प्रायः असम्भव रहेको भन्दै नेपाल सिमेन्ट उद्योग संघले मूल्यवृद्धिको चेतावनी दिएको हो ।

सिमेन्ट उद्योगका लागि निरन्तर २४ सै घण्टा विद्युत आपूर्ति नहुँदा उद्योगले थप आर्थिक व्ययभार व्यहोर्नु पर्ने र यसको फलस्वरुप आम उपभोक्ता लगायत सर्व साधारण जनता मार्कामा पर्न जाने स‌ंघको भनाइ छ ।

नेपालमा भारतबाट दैनिक २० घण्टासम्म विद्युत् आयात हुँदा समेत सिमेन्ट उत्पादन गर्ने लगायतका ठूला उद्योगहरुलाई माग बमोजिमको विद्युत आपूर्ति नभई विद्युत कटौती भएको संघको भनाइ छ ।

सिमेन्ट उद्योगीले गएको मंसिरयता पटक-पटक गरेर उद्योगीहरुले सिमेन्टको मूल्य बढाएका थिए । गत माघ ९ गते बसेको लेखा समितिको बैठकले सिमेन्टको कृत्रिम मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै मूल्य नियन्त्रण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको थियो ।

Leave Your Comment

Related News