काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुका कारणसहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पत्र पठाएको छ । मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयको पत्र कुलमानलाई मंगलबार मात्रै पठाएको हो ।
ऊर्जा सचिव सुरेश आचार्यको हस्ताक्षरसहित मन्त्रालयले कुलमानलाई पठाएको तीन पृष्ठ लामो पत्रमा बर्खास्त गर्नुपर्ने कारणहरूलाई १० वटा बुँदामा उल्लेख गरेको छ ।
मन्त्रालयले घिसिङलाई पदबाट हटाउनुका कारणमा कार्यसम्पादन सम्झौता र पदीय जिम्मेवारी अनुरुपका कार्यहरू नगरेको, मन्त्रिपरिषद्ले सफाइ पेस गर्ने मौका दिए पनि सफाइ सन्तोषजनक नदेखिएको, आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको र सरकारविरुद्ध सञ्चार माध्यममा अभिव्यक्ति दिएकोलगायत आरोप लगाएको छ । साथै, भारतसँग विद्युत व्यापारसम्बन्धी सम्झौता गर्दा सरकारको अनुमति नलिएको भनेर समेत गम्भीर आरोप लगाएको छ ।