आज उपत्यका यी स्थानमा ५ घण्टा बिजुली नहुने

काठमाडौं ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज चैत २४ गते बिहान ११ बजेदखि दिउँसो ४ बजेसम्म अवरुद्ध हुनेछ ।

मातातीर्थ सबस्टेसनमा रहेको सतुंगल फिडरको सबस्टेसन गेटदेखि बौथलीसम्म बाटो चौडा गर्न पुराना पोलबाट नयाँ पोलमा लाइन तान्न तथा कन्डक्टर तार फेर्ने कार्यका लागि बिजुली काट्न लागिएको हो ।

यसदिन सोमबार मातातीर्थ फिडरअन्तर्गतका चेकपोस्ट, थानकोट, नागढुंगा, वाणस्थली, बसुन्डोल, इन्द्थान, सिरानचौर, आँपचौर, कुखुरेचौर, महेशफाँट आदि क्षेत्रमा पनि बिहान ११ देखि दिउँसो ४ बजेसम्म बिजुली नहुने प्राधिकरणले जनाएको छ ।

साथै उक्त कार्य समयअगाडि नै सम्पन्न भएमा तोकिएको समयभन्दा अगाडि पनि लाइन उपलब्ध हुने बताइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार