RE
Global College

अपर तामाकोशी हाइड्रोको अध्यक्षमा हितेन्द्रदेव शाक्य

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालक पदमा हेरफेर भएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य कम्पनीको सर्वसम्मत अध्यक्ष बनेका हुन्।

कम्पनीको गत चैत २९ मा बसेको २९६औँ बैठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको कम्पनी सचिव सुरेशराज खकुरेलले जानकारी दिए।

शाक्य सोही महिना २१ गतेको प्राधिकरणको पत्रानुसार प्रतिनिधिको रुपमा सञ्चालकमा मनोनयन भएका थिए।

NECO

Leave Your Comment

Related News