काठमाडौं । विद्युत् प्राधिकरणले प्राविधिक कारण देखाउँदै आर्थिक अवस्थासहितको श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ।
पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले बास्तविक तथ्यांक नदेखाएको आरोप लगाउँदै श्वेतपत्र मंगलबार सार्वजनिक गर्ने बताए पनि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले प्राविधिक कारणले घोषणा नगरेको बताए। प्राविधिक विषयहरु मिलाएर श्वेतपत्र भने सार्वजनिक गर्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् । मंगलबारलाई स्थगित भयो आगामी दिनमा श्वेतपत्र सार्वजनिक गर्छौ एक अधिकारीले भने ।
‘विद्युत् प्राधिकरणको सञ्चालक समितिले श्वेतपत्र जारी गर्न स्वीकृति भने दिइसकेको छ ।
प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्दा प्राधिकरण नाफामै भए पनि नगद प्रवाहको अभाव हुँदा ऋण लिनुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ । प्राधिकरणले २०८०/८१ सम्म ४६ अर्ब ४७ करोड रुपैयाँ सञ्चित नाफा गरेको छ । भने विभिन्न दायित्व भुक्तानीका लागि १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिनुपर्ने अवस्थामा रहेको जनाएको छ ।
ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङले नभएको नाफा देखाएको आरोप लगाउँदै आएका छन् भने घिसिङले महालेखा परीक्षकले अडिट गरेको प्रतिवेदन सार्वजनिक गरेको दाबी गर्दै आएका छन् ।

