लिवर्टी इनर्जीले बडिगाड खोलाको लाइसेन्स बेच्यो

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बागलुङ जिल्ला स्थित २४.६ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको लाइसेन्स बिक्री गरेको छ ।

कम्पनीले आफ्नै शतप्रतिशत स्वामित्व रहेको बडिगाड हाइड्रोपावर लिमिटेडलाई आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र बिक्री गरेको हो ।

विद्युत विकास विभागले वैशाख १७ गते सो लाइसेन्स बडिगाड हाइड्रोपावर लिमिटेडको नाममा हस्तान्तरण गरिएको जानकारी दिएको हो । यस अघि तोकिएको अवधि भित्रै विद्युत खरिद बिक्री सम्झौता र वित्तीय व्यवस्थापनको सम्झौता गर्ने शर्त सहित विभागले लाइसेन्स हस्तान्तरण गरेको हो ।

लिबर्टीले सहायक कम्पनी बडिगाड हाइड्रोपावर लिमिटेड १२ करोड ५ लाख २९ हजार रुपैयाँ शेयर लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार