६६१ युवा उद्यमी स्टार्टअप कर्जाका लागि सिफारिस

काठमाडौं । उद्यममा युवासँगै सरकार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा युवाहरूले सञ्चालन गरेका ६६१ परियोजना स्टार्टअप कर्जाका लागि छनोट भएका छन् ।

उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरुप औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सोमबार सूचना जारी गर्दै ६६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो ।

अनलाइन र भौतिक रूपमा उपस्थित भई ५ हजार १५८ उद्यमीले दर्ता गरेका प्रस्ताव मध्येबाट १ हजार ३१४ उद्यमीले परियोजनाको प्रस्तुतीकरण गरेका थिए ।

छनोट भएका उद्यमीले २५ लाख रुपैयाँ सम्म कर्जा पाउने छन्। यसले उद्यमशीलतालाई प्रवर्द्धन गर्न मद्दत पुग्ने छ।

यी हुन् छनोटमा परेका कम्पनीहरु

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार