काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आज प्रतिनिधि सभामा बोल्दै जलविद्युत् आयोजनाका आईपीओ जारी गर्न नेपाल धितो पत्र बोर्डका अध्यक्षले कमिसन माग गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘नेपाल धितोपत्र बोर्ड अध्यक्षको कमिसनको काण्ड बाहिर आएको छ । यस विषयमा सरकारले जवाफ दिनु पर्यो,’ खतिवडाले आजको छलफलमा भने ।
बुधबार नेपाल कम्युनिष्स्ट पार्टीका (माओवादी केन्द्र)का सांसद माधव सापकोटले पनि प्रतिनिधि सभामा सेबोन अध्यक्षले जलविद्युत् आयोजनाका आईपीओ जारी गर्न कमसिन माग गरेको विषयमा छनाबिन गर्न सरकारसँग माग गरेका थिए ।
इप्पानले मंगलबार काठमाडौंमा भेला गरी बिचौलिया मार्फत कमिसन मागिएको विषयमा सेबोन अध्यक्ष श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । साथै उक्त विषय सनमा उठेसँगै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डको कार्यालयमा छापा पनि मारेको छ ।