शिक्षा र उद्योगलाई जोड्न परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी

काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षीय हितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयका तर्फबाट रजिस्टार सूर्यराज आचार्य र परिसंघका तर्फबाट महानिर्देशक घनश्याम ओझाले हस्ताक्षर गरे ।

उक्त अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको बताए । शैक्षिक योग्यता हुने तर सीपयुक्त सिकाइ बढाउन आवश्यक रहेकाले नयाँ अवधारणामा स्थापित नेपाल विश्वविद्यालयले सीपयुक्त जनशक्ति उत्पादनमा योगदान गर्ने उनको विश्वास छ ।

नेपाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई उद्योगसँग जोड्न परिसंघले काम गर्ने उनको प्रतिबद्धतासमेत छ । विश्वविद्यालयका विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि उद्योगहरूमा इन्टर्नसिप गराउन परिसंघले सहयोग गर्नुपर्ने नेपाल विश्वविद्यालयका कुलपति बिन्दु लोहनीले बताए । सीपयुक्त, उद्यमशीलता, नवीनतासँगै विद्यार्थीमा असल भावना विकास गराउने गरी कार्यक्रम ल्याइने विश्वविद्यालयका उपकुलपति अर्जुन कार्कीले जनाए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार