घलेम्दी हाइड्रो साढे २ करोड घाटामा

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड ४६ लाख ४२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीले नोक्सानी सुधार भने गरेको हो । २०८० चैतमा कम्पनी ७ करोड ३० लाख रुपैयाँ घाटामा थियो ।

शुक्रबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुुसार कम्पनीको मुनाफा खुद नाफा घटेपनि ब्याज आम्दानी, विद्युत बिक्री मुनाफा लगायतका सूचांकमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा विद्युत बिक्रीबाट ६ करोड ८० लाख कमाएको थियो ।

त्यसैगरी, ब्याज आम्दानी पनि बढेर २ करोड ९३ लाख रुपैयाँ पुगेको छ । आम्दानी बढ्दा र खर्च कम हुँदा नोक्सानी घटेको हो । यता, वित्तीय खर्च ७ करोड ९५ लाखबाट घटेर ५ करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।

चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष २३ करोड ४१ लाख रुपैयाँ ऋणात्मक छ । चैतसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (इपीएस) १.४९ रुपैयाँ ऋणात्मक छ भने प्रति शेयर नेटवर्थ ९६.८१ रुपैयाँ मात्र छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार